punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कविता – शालिकमा सेते दमाई

Chaupati
safha napa

✍️ गणेश नेपाली

लौ है शालिकमा उभिन्छन अहो सेते दमाई पनि।
त्यागेका उनले अमूल्य जिबनै सामन्त संगै लडी।।
छोरा माथि हुदा प्रहार खुकुरी छेके निहत्ता थिए।
हत्यारा ति थिए तथाकथित उच्चै वर्णका पीडक।।

मौनै बस्नुपर्छ नि शालिक त्यहाँ सेते रहन्नन् चुप।
सम्झाई रहने छ शालिक सधैं पुस्ता गर्न जागृत।।
कस्तो यो विकराल गाउघरमा धेरै उपेक्षा हुने।
जातैको जब हुन्छ बात सरकारी सोच रद्दी हुने।।

सामन्ती नरका ति झुण्ड अति नै दुष्टै बनेका थिए ।
माया प्रेम निषेध गर्न रगतै धेरै बगाई
दिए।।
मायाप्रेम विवाह भो कथित उच्चै वर्णका साथमा।
यस्तो व्याह हुँदा त वीरगति पाए सज्जनैले यहाँ ।।

हत्याको अपराध कारण त जातै हो नि स्पष्टै छ है।
आँटैले भरिए बचाउन सके छोरा बचाए नि है।।
छातीमा खुकुरी धसे क्रुर भई सेते दमाई ढले।
खोक्रो त्यो घटिया अहं जति छ सामन्तीहरू पो गले।।

हिंसा आकलनै गरि समयमा सोच्थ्यो भने देशले।
बेलैमा कदम चलाउन सकेको छैन है राज्यले।।
विद्रोही हुन के थियो रहर है हाम्रा लागि बोल्थ्यो भने।
पीडा यो सरकारको निरिहताले हेर बढ्यो झनै।।

पारे बाध्य बलै गरी सडकबाटै राज्यको सोच त्यो।
बन्ने शालिक है बजेट सरकारीमा खुबै सान हो।।
योद्धा शालिकमा सिमान्त पनि ठिंगै हुन्छ दैलेखमा।
पुग्ने हो खबरै कुना र अनि गल्ली कन्दरा गाउँमा।।

कवि : दलित साहित्य सोपान कैलालीका अध्यक्ष हुन । उनी साहित्यका विभिन्न बिधामा कलम चलाउछ्न ।


२१ असार २०७७, आइतवार १५:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु