फेसबुक लाइभ गर्दै चितवनमा युवतीले गरिन आत्महत्या
असार २१ , चितवन । सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक युवतीले आत्महत्या गरेकी छन् । शनिबार राति चितवनको भरतपुर स्याउली बजारमा १९ वर्षीया युवतीले फेसबुक लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेकी हुन् ।
भरतपुरमा ती युवती ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको चितवन प्रहरीले जनाएको छ । युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् ।
साथीहरु नभएको समयमा उनले सलको पासो लगाएर झुण्डिएको प्रहरीको भनाइ छ ।ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।
केही दिनअघि दाङमा पनि यस्तै प्रकृतिको घटना घटेको थियो ।
२१ असार २०७७, आइतवार १७:०१ बजे प्रकाशित































