महिलामाथि दुव्र्यवहार गर्ने वडा अध्यक्षकै पक्षमा प्रर्दशन
महेन्द्रनगर, असार २१। महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथको समर्थनमा आइतबार प्रदर्शन गरिएको छ । नाथललाई षडयन्त्र गरी फसाइएको भन्दै स्थानीयले महेन्द्रनगरमा प्रदर्शन गरेका हुन् ।
कबर्ड हलबाट सुरु प्रदर्शन जिल्ला प्रशासन कार्यालय हुँदै बजार क्षेत्रमा परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयसम्म पुगेको थियो । वडाध्यक्षलाई षडयन्त्र गरी झुटा मुद्दामा फसाइएकोले महेन्द्रनगर आएर प्रदर्शन गर्नुपरेको स्थानीय किसन नाथले बताए । ‘षडयन्त्र गरी निर्दोषलाई फसाउन खोजिएको छ, निर्दोष कुनै पनि हालतमा फस्न हुँदैन’ उनले भने ।
प्रदर्शनमा सहभागीहरुले अध्यक्ष नाथलाई पूर्व निर्धारित योजना बनाएर होटलमा बोलाएर झुटा मुद्दामा फसाएको बताए । शुक्रबार राति ब्रह्मदेब बजारमा राति एक होटल सञ्चालक महिलामाथि दुव्र्यवहार गरिएको आरोपमा वडाध्यक्ष नाथ पक्राउ परेका थिए । उनीमाथि जबरजस्ती करणी उद्योग मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२१ असार २०७७, आइतवार १४:२३ बजे प्रकाशित































