संघीय संसद अधिवेशन स्थगित

असार १८,काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन स्थगन हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संघीय वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।

आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय सरकारले गरेको छ। अधिवेशन आजै बेलुका पाँच बजेदेखि स्थगन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।


१८ असार २०७७, बिहीवार ०७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु