प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं असार १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । स्थायी समिति बैठकका बीचमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
आकस्मिक बैठक बोलाइएकाले मन्त्रीपरिषदका एजेण्डाका बारेमा केही जानकारी गराइएको छैन । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको समयमा केही दिनदेखि गुटगत भेला तीव्र भएका छन् ।
बुधबार अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षको ललितपुरमा भेला भएको थियो । विहान दाहालले ओली निकट नेतासँग परामर्श गरेका थिए । प्रधानमन्त्री ओलीले बुधबार स्थायी कमिटीमा रहेका मन्त्रीहरुसँग पनि परामर्श गरेका थिए ।
१८ असार २०७७, बिहीवार ०६:११ बजे प्रकाशित













