बाजुराका ५ जना स्वास्थ्यकर्मीले जिते कोरोना
बाजुरा, असार १८ । बाजुराका ५ जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । बडिमालिका नगरपालिका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यलय बाजुराका १ जना स्वास्थ्यकर्मी गरी ५ जनाले कोरोना जितेका हुन् ।
पाँच जना स्वास्थ्यकर्मीको दोस्रो रिपोट कोरोना नेगेटिभ आएपछि उनीहरुले कोरोना जितेका छन् । ५ जना स्वास्थ्यकर्मीलाइ होटलको आइसोलेसनमा राखिएको थियो । यो भन्दा पहिला अस्पतालकी कोरोना पोजेटिभ एक १९ बर्षीय स्वास्थ्यकर्मीले पनि कोरोना जितेकी थिइन् ।
कोरोना जितेका ५ जना स्वास्थ्यकर्मीको जेठ १९ गते स्वाब संकलन गरिएको थियो, ४ गते कोरोना पोजेटिभ आएको थियो । उनिहरुको दोस्रो जाँच नेगेटिभ आएको हो।
१८ असार २०७७, बिहीवार ०५:३५ बजे प्रकाशित













