तुलसीका फाइदै फाइदा, आजैदेखि खानुहोस्
के तपाईलाई थाहा छ तपाइको घरको आगनमा रोपिएको तुलसीमा प्रचुर मात्रामा औषधिय गुण पनि हुने गर्दछ भनेर ? थाहा छैन भने आजै सुरु गर्नुस यस्को सेवन गर्न । प्राय सबै हिन्दुधर्मावलम्वीहरुको घरघरमा रोपिएको तुलसीमा स्वस्थ हुन मद्दत गर्ने गुण रहेको हुन्छ ।
हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिनुका साथै पुजाआजा होस्, वा व्रत हरेकमा यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ भने तुलसीको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक हुने गर्दछ ।
तुलसीको पातलाई पिसेर प्राप्त हुने रस ५–१० मि .लि .मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुने गर्दछ । बच्चाहरूको साधारण पेटदुखाइ, अजीर्ण, अरुचिहरुमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर खांदा फाइदा पुग्छ ।
मधुमेह , पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्राम दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । त्यस्तै ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातोपानीसँग पनि सेवन गर्न सकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।
तुलसीमा किटाणुनाशक शक्ति हुने गर्दछ जस्का कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
त्यसै गरि यस्को पातलाई पाउडर बनाई नरिवलको तेलमा मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति मिल्नुका साथै कपाल स्वस्थ रहन पनि मद्दत गर्छ ।
१८ असार २०७७, बिहीवार ०२:२१ बजे प्रकाशित































