भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, असार १८ । देशका विभिन्न ठाउँमा वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ। त्यसमा पनि प्रदेश १, प्रदेश २, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना छ ।
महाशाखाले वर्षा हुने क्षेत्रमा बाढीरपहिरो, डुबान तथा यातायातमा अवरोधजस्ता विपद् आउने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ।
१८ असार २०७७, बिहीवार ०२:३२ बजे प्रकाशित































