punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब आकस्मिक स्वास्थ्य सेवा निःशुल्क हुने, सरकारले गर्दैछ यस्तो तयारी

Chaupati
safha napa

काठमाडौं, असार १७ ।
सरकारले अब आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ । आकस्मिक स्वास्थ्य सेवा निः शुल्क गर्नका लागि सरकारले मस्यौदा तयार गर्न समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दैै समिति गठन गरेका हुन् । आकस्मिक स्वास्थ्य सेवा निशुल्क सम्वन्धी मस्यौदा तर्जुमा समिति नाम दिइएको उक्त समितिको संयोजक स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका प्रमुख डा तारानाथ पोखरेल तोकिएका छन् ।

सदस्यहरुमा रोशनी तुईतुई, डा आशिष श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, डा झलक गौतम स्वास्थ्य सेवा विभाग, डा सुशील बराल एनएचएसएसपी, डा अच्युतराज कार्की वीर अस्पताललाई मनोनयन गरिएको छ । समितिको सदस्य सचिवमा डा पोमावती थापा स्वास्थ्य सेवा विभागलाई तोकिएको छ ।

यो समितिले आकस्मिक सेवा कसरी निशुल्क गर्न सकिन्छ भन्ने विषयमा मस्यौदा तयार गरी असार मसान्त भित्र मन्त्रालयलाई पेश गर्न निर्देशन दिइएको छ ।
मन्त्री ढकालले सोही दिन एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था, एकीकृत छाता ऐन, स्वास्थ्य क्षेत्रको पुनर्संरचना सम्वन्धी मस्यौदा तयार गर्न समिति गठन गरेका थिए ।


१७ असार २०७७, बुधवार १३:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु