१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कञ्चनपुर : १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्बास नगरपालिका-१ गणेशबस्ती बस्ने बिजय चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका-३ नन्दगाउँस्थित छिमेकीको बिवाहको जन्ती गएको अवस्थामा चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


२४ माघ २०७६, शुक्रवार १०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु