punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपमेयरले सिलालेखमा ढुंगा हान्दै भनिन्, ‘मेरो मर्यादा कसले राख्ने ?’

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमकुमारी थापाले आफ्नो नाम नराखिएको भन्दै सिलालेख फोडेकी छन् ।

नगरपालिकाको वडा नम्बर ७ को भवन उद्घाटन कार्यक्रममा सिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले ढुंगा बजारेर सिलालेख फोडेकी हुन् । उनले सिलालेखमा ढुंगा बजारेपछि मेयर ममताप्रसाद चौधरीले हात छोपेका थिए । मेयरले सिलालेखको पर्ता हटाएर उद्घाटन गर्दैगर्दा उपमेयर थापाले ढुंगा बजार्न सुरु गरेकी हुन् ।

मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै नगरन भन्छन् । मर्यादाको पनि हद हुन्छ नि भन्दै मेयर चौधरी पछि हट्छन् । तर, उपमेयरले थापाले भने ढुंगापछि हातले सिलालेखमा बजार्दै मेयर चौधरीको विरोध गर्छिन् र भन्छिन्, ‘मेरो मर्यादा कसले राख्ने ?’

मेयर ममताप्रसाद चौधरीले आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा सिलालेखमा ढुङ्गा हानेर फोडेको बताए ।

उपमेयर थापाले पनि सिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले वाइपास गरेकाले त्यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिइन् ।


१ कात्तिक २०७७, शनिवार १६:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु