punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा प्रदर्शन : ‘राज्य बलात्कारी होस् तँ’

Chaupati
safha napa

बलात्कारका घटना बढेको भन्दै शुक्रबार धनगढीमा प्रदर्शन गरिएको छ । बोल्न्या थलीको संयोजनमा पार्कमोड र मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।

बलात्कारका घटना वृद्धि भइरहेको र यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीय ३० जना युवतीहरुले कालो कपडा लगाएर तथा हात र आँखामा कालो पट्टी बाँधेर विरोध जनाएका थिए।

उनीहरुले ‘अझै कति सहने’, ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ ‘स्टप रेप’लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेका थिए। साथै उनीहरुले ‘राज्य बलात्कारी होस् तँ’ भन्दै बाजासहित नारा समेत लगाएका थिए।


३० असोज २०७७, शुक्रवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु