punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजदेखि भित्रियो दशैं, घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा

Chaupati
safha napa

कोरोना महामारीका बीच नेपालीहरुको महानपर्व दशैं आगमनले नेपालीहरु खुसी साट्ने तयारीमा जुटेका छन् ।नेपालीहरुको महान् चाड बडादशैं आजदेखि सुरु भएको छ । आज पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिदैछ ।

पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११ बजे र ४६ मिनेटमा रहेको छ । घटस्थापनाका दिन घरघरमा जमरा राखेर कलशको स्थापना गरी देवी भगवतीको आह्वान गरिन्छ ।

यस दिन बिहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने गरिन्छ ।

माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले उनलाइ खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ ।

यसैगरी माटोको शुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरी घडाको वरिपरि जौ छर्ने गरिन्छ । त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।

नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै दुर्गा पूजा, आराधना र प्रार्थना गरिन्छ ।

दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । घटस्थापनामा राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

यसैबीच दसैं सुरु भएपनि विभिन्न शक्तिपीठहरुमा नित्य पूजा मात्र हुने भएको छ । कोरोना महामारी सुरु भएपछि बन्द रहेका मठ मन्दिरमा सर्वसाधराणलाई प्रवेशमा अझै रोक लगाइएको छ ।

सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दसैं मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै आइरहेको छ ।


१ कात्तिक २०७७, शनिवार ०७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु