सशस्त्र प्रहरी नायव निरीक्षक टेरलाई कोरोना संक्रमण
धनगढीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक किसनसिंह टेरलार्इ कोरोना संक्रमण पुष्टि भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक टेरलाई सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना देखिएको हो। टेरको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
उनले पछिल्लो १० दिनमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित बस्दै परीक्षण गराउन आग्रह पनि गरेका छन्। संक्रमण पुष्टि भएपछि टेर सेल्फ आइसोलेसनमा बसेका छन्।
३० असोज २०७७, शुक्रवार १७:१२ बजे प्रकाशित































