बैतडीको सुर्नयाका वडाध्यक्षको मृत्यु
बैतडीको सुर्नयाँ गाउँपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
एक्कासी घरमा ढलेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
मृतक वडाध्यक्ष लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी रहेको उनले बताए । मडै तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
३० असोज २०७७, शुक्रवार ११:३३ बजे प्रकाशित































