punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुर

Chaupati
safha napa

ड्रग्सको मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप रियाको छ ।

रियाले सीवीआइको नाममा लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो बयान दिएको उल्लेख गरेकी छिन् ।डिम्पलले मिडियासँग कुरा गर्दै जुन १३ मा सुशान्त र रियाको भेट भएको बयान दिएकी थिइन् । तर, सीबीआइको छानविनका क्रममा रिया र सुशान्तवि जुन १३ मा भेट भएको खबर झुटो निस्किएको थियो । नायक राजपुतले जुन १४ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

डिम्पलको बयानपछि केही मिडियाले रियामाथि मिडिया ट्रायल नै गरेका थिए । सीबीआइले छानविनका क्रममा डिम्पलको बयान झुटो निस्किएपछि उनलाई संझाएर छाडिदिएको थियो । तर, अब भने रियाले डिम्पलमाथि कारवाहीको माग गरेकी छिन् ।

डिम्पलले मिडियासँग कुराकानी गर्दै जुन १३ को बेलुकी साढे ६ बजे सुशान्त रियालाई छाड्न उनको अपार्टमेन्टसम्म आएको बताएकी थिइन् । यो झुटो खबर फैलाउने मिडियामाथि पनि कारवाहीको तयारी गरिएको छ ।


२७ असोज २०७७, मंगलवार १०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु