मध्येरातमा गाईको बाच्छीको खुट्टा बाधेर करणी ! एक जना पक्राउ
कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा गाईको बाच्छीको खुट्टा बाँधेर करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
नगरपालिकाको वडा नम्बर १३ बडैपुरका २६ वर्षीय बीरेन्द्र सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमर थापाले जानकारी दिए । उनकाअनुसार युवकमाथि दुई वर्षको गाईको बाच्छीको खुट्टा बाँधेर करणी गरेको आरोप छ ।
सोही ठाउँ बस्ने रमेश रोकायाको घर नजिक सार्कीले राति करिब साढे १ बजेतिर बान्छीलाई करणी गरेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीकाअनुसार उनले मदिरा सेवन गरेर राति बाच्छीलाई करणी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।
पशु करणीको आरोपमा सोमबार बिहान पक्राउ गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
२६ असोज २०७७, सोमवार १७:१८ बजे प्रकाशित































