punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा इन्सपेक्टरसहित पाँच प्रहरीलाई कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

बैतडीमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण भएका प्रहरीहरु सबै जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायब निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान हुन् ।

जिल्ला बाहिरबाट सरुवा भएर आएका, परीक्षा दिन बाहिरी जिल्ला गएका र घर बिदाबाट आएकाहरुमा कोरोना देखिएको उनले बताए । संक्रमण पुष्टि भएका सबै क्वारेन्टाइनमा रहेका थिए । हाल उनीहरु अस्पतालको आइसोलेसनमा रहेका स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


२६ असोज २०७७, सोमवार १७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु