punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा कर्णालीको प्रमुख सचेतक शाह पदमुक्त, सीता नेपालीलाई दिइयो जिम्मेवारी

Chaupati
safha napa

कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सचेतक सीता नेपालीलाई दिइएको छ ।

मुख्यमन्त्री तथा संदस्य दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले पदमुक्त गरेको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा (७) अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिएका छन् । शाह पूर्वएमालेका हुन् भने नेपाली पुूर्वमाओवादीका हुन् ।

आइतबार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुुलिँदै गएको छ । यसैबीच मङ्गलबार संसदीय दलको बैठक बस्ने तयारी भएको छ ।


२६ असोज २०७७, सोमवार १६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु