punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा एकैदिन हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

नेपालमा आज एकैदिन हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १ हजार ६८४ जना काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । देशभर संक्रिय संक्रमितको संख्या २५ हजार ७ संक्रिय पुगेको छ ।


२१ असोज २०७७, बुधवार १६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु