punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीप दुघर्टना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु, दुई बेपत्ता

Chaupati
safha napa

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा बडाध्यक्ष सहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनमा परेर दुई जना बेपत्ता भएका छन् । एक जना गंभिर घाईते भएका छन् ।

जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका–१ औलभीरमा दुघर्टना हुँदा पाँच जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय कृतिबहादुर शाही र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ ।

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय कृष्णबहादुर शाही र २५ बर्षिया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । दुई जना मजकोट खोलामा बेपत्ता भएका छन् ।

वडा नम्बर ११ का नरबहादुर बुढा गंभिर घाईते भएका छन् । उनको उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याईदैछ । औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल रहेको मजकोट खोलमा परेको थियो । अहिले गाडी खोलामै छ ।

वडाध्यक्ष शाहीको सव मात्र निकालिएको छ । अन्यको सव पानी भित्रै खोलामा रहेको र निकाल्न पहल भैरहेको डिएस्पी श्रेष्ठले बताए । गाडी चालक गोरख बस्नेत फरार रहेका छन् । घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिम पर्दछ ।


२१ असोज २०७७, बुधवार १७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु