कैलालीका प्रहरी प्रमुख एसपी जबरालाई कोरोना संक्रमण
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एसपी जबरालाई आज कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए। उनकाअनुसार जबरालाई संक्रमण पुष्टि भएपछि उनी कार्यालयको आइसोलेसनमा बसेका छन्।
उनीसंगै चार जना प्रहरी कर्मचारीलाई मंगलवार संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ।
२१ असोज २०७७, बुधवार १५:३६ बजे प्रकाशित































