काङ्ग्रेस नेता गगन थापालाई पनि कोरोना संक्रमण

नेपाली काङ्ग्रेसका युवा नेता गगन थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यही असोजको १९ गते बस्ने केन्द्रिय समिति बैठकका लागि गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको हो । उनलाई कोरोना संक्रमण देखिएपनि लक्षण भने देखिएको छैन ।

यसअघि उनका ससुरासमेत रहेका काङ्ग्रेस नेता अर्जुननरसिंह केसीसहित ६ जनालाई पनि कोरोना देखिएको थियो । केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना देखिएको छ ।

काङ्ग्रेस केन्द्रीय सदस्यसहित कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो ।


१८ असोज २०७७, आइतवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु