मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु

लमजुङको बेंसीसहरमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर चार जना घाइते भएका छन्।

बेंसीसहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको मिनीबस शनिबार राति ८ बजे बेसीसहर १ उदीपुर बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा बेंसीसहर १ धिमिरेका २६ बर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।
गम्भीर अवस्थाका दुई जनालाई भने थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।

सामान्य अवस्थाका दुई घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। तीब्र गतिमा बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

 


१८ असोज २०७७, आइतवार ०७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु