थप २१२० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा दुई हजार ४४ जना डिस्चार्ज भएको जानकारी दिए । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा एक जहार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना रहेका छन्।
मन्त्रालयका अनुसार शनिबार १२ हजार ९७८ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ६१ हजार ६६४ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ५२९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ हजार ७७३ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
१७ असोज २०७७, शनिवार १७:४३ बजे प्रकाशित































