punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली हिरासतमा मृत्यु : तीन प्रहरीलाई कारबाहीको सिफारिस

Chaupati
safha napa

कैलालीको सीमा प्रहरी चौकी बहुलियाको हिरासतमै भएको मृत्यु प्रकरणमा तीन जना प्रहरीलाई कारबाही गरिने भएको छ ।

प्रहरीकै लापरबाहीका कारण हिरासतमा फुलवारीका स्थानीय अमरबहादुर चन्दको मृत्यु भएको छानबिन समितिले ठहर गरेको छ।

छाननि समितिको सिफारिसको आधारमा तीन जना प्रहरीमाथि कारवाहीको प्रक्रिया अगाडि बढेको सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए। उनले चौकीका इन्चार्जसहित तीन जनामाथि कारवाहीको प्रक्रिया अगाडि बढेको बताए।

सिमा प्रहरी चौकी बहुलियाको शौचालयमा घाटी रेटेको अवस्थामा चन्द मृत फेला परेपछि प्रहरी उपरीक्षक राजिब बस्नेतको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। घटनापछि सीमा प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरिक्षक जंगबहादुर सिंहसहित दुई जना प्रहरी जिल्ला तानिएका थिए।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत फेला परेका १९ बर्षीय युवक रोशन बिकको घटनामा पनि बस्नेत नेतृत्वको टोलीले छानविन जारी राखेको प्रहरी बरिष्ठ उपरिक्षक सिंहले बताए। सुरुमा चार दिनको समय दिइएकोमा फेरी पाँच दिन थप समय छानविनका लागि दिइएको थियो।

 


६ असोज २०७७, मंगलवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु