punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जुम्लामा अनसन बसेका डा. केसी काठमाडौं पुग्दै

Chaupati
safha napa

जुम्लामा आमरण अनसनमा रहेका चिकित्सक गोविन्द केसी आज (मंगलबार) काठमाडौं आउँदैछन्।

बुद्ध एयरको नियमित उडानबाट केसी नेपालगञ्जबाट काठमाडौं आउन लागेका हुन्।

‘डा. केसी नेपालगञ्जबाट आज ११ बजेर २५ मिनेटको बुद्ध एयरको नियमित उडानमा काठमाडौं आउँदै हुनुहुन्छ,’ केसीको आन्दोलनमा सहभागी डा. प्रितम सुवेदीले भने, ‘शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको आफ्नो सत्याग्रहलाई जारी राख्नु हुने छ।’

डा. केसीले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केहि वर्षदेखि निरन्तर आमरण अनसन बस्ने गरेका छन्।

यो उनको १९औं अनसन हो।

यसअघि सरकारले उनका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीसँग बिभिन्न पटक सहमति गरेको छ। सरकारले ती सहमति कार्यान्वयन नगरेको भन्दै केसी पटक पटक अनसन बस्ने गरेका हुन्।

 


६ असोज २०७७, मंगलवार १२:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु