धनगढीमा दुई वर्षीया बालिकासहित थप १४ जनामा कोरोना

धनगढीमा आज दुई वर्षीया बालिकासहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएइको छ ।

सेती प्रादेशि अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्ब्र ३ कि दुई वर्षीया बालिकासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार वडा नम्बर ३ मा मात्रै दुई वर्षीया बालिकासहित चार वर्षीया बालिका, २३ वर्षीया महिला, ३०, ३२ र ६२ वर्षीका पुरुषमा गरि ६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरि, वडा नम्बर ४ मा २९ वर्षीया महिला, वडा नम्बर २४ वर्षीया महिला, वडा नम्बर २ मा ३० र ५० वर्षका पुरुष, वडा नम्बर १२ मा ३५ वर्षीया महिला र २१ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

वडा नम्बर १७ मा २४ वर्षीया महिला र ३० वर्षका पुरुष र वडा नम्बर १९ मा १९ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।


५ असोज २०७७, सोमवार १४:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु