कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो, थप १६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६५ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ४२७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
अहिले देशभरि १७,६११ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८,९२१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।
५ असोज २०७७, सोमवार १६:५७ बजे प्रकाशित













