सुदूरपश्चिममा थप ३२ जनामा देखियो कोरोना
सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर र बैतडीका जम्मा ३२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमित मध्ये सबैभन्दा कैलालीका मात्रै २६ जना छन् । बाँकी कञ्चनपुरका पाँच जना र बैतडीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अस्पताको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय आठ जनाको परीक्षण गरिएको थियो ।
५ असोज २०७७, सोमवार १४:११ बजे प्रकाशित













