punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १२ को परीक्षा गर्न वैकल्पिक माध्यम, विद्यार्थीको विवरण संकलन गरिदै

Chaupati
safha napa

विश्वव्यापकी कोरोना भाइरस संक्रमणका कारण नेपालमा रोकिएको कक्षा १२ परीक्षा गर्न वैकल्पिक माध्यम अपनाइने भएको छ । वैकल्पिक माध्यमबाट रोकिएपछि गर्न राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने तयारी गरेको छ ।

तर शिक्षा ऐन अनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भईरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोत अनुसार विवरण संकलन भइसकेपछि परीक्षाको होम सेन्टरबारे पनि निर्णय हुनेछ ।

बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो ।

विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्नु पर्नेछ । कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालय भन्दा टाढा रहेका विद्यार्थीले मात्रै हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाई हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्नेछ ।

कोभिड–१९ का कारण यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईईं) हुन सकेन भने कक्षा ११ को वाषिर्क परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएको छ ।

 


२७ भदौ २०७७, शनिवार २०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु