punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर धनगढी उपमहानगरका कर्मचारीको मृत्यु

Chaupati
safha napa

करेन्टर लागेर आज धनगढी उपमहानगरपालिकाका एक जना कर्मचारीको मृत्यु भएको छ । धनगढी उप–महानगरपालीका वडा नम्बर ६ शिवनगरमा बत्तीको पोलबाट करेन्ट लागेर सोही ठाउँ घर भएका राजकुमार चौधरीको मृत्यु भएको हो ।

विद्युत सर्भिस पोलमा राखिएको बत्तीको बल्ब जोडेर पोलबाट झरेर भर्याङ निकाल्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

करेन्ट लागेर सोही ठाउँका २२ वर्षीय खेमराज दाहाल पनि घाइते भएका छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।


२५ भदौ २०७७, बिहीवार १९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु