विश्वभर कतिले जिते कोरोना ? यस्तो छ हालसम्मको तथ्याङ्क
विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै छ । बढ्दो संक्रमणसंगै निको हुनेको संख्या पनि बढ्दै छ ।
आज बिहानसम्म २ करोड लाख ९१ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ९१ हजार ११७ जना कोरोनाबाट निको भएका हुन् ।
उसकाअनुसार कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ७ हजार ३०४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड ८० लाख १४ हजार ८२४ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ९५ हजार २३९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६५ लाख ४९ हजार ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २४२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २०९ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजार ५२९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४१ लाख ९९ हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १३६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख २८ हजार ६५३ गेको छ ।
नेपालमा बुधबार देशभर गरी १ हजार ८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४९ हजार २१९ पुगेको छ । अहिले नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ७ हजार ३७ घरमै छन् भने बाँकी संस्थागत आइसोलेशनमा छन् । ३२ हजार ८८२ सङ्क्रमित निको भइसकेका छन् भने ३१२ जनाको मृत्यु भएको छ ।
२५ भदौ २०७७, बिहीवार ०९:०२ बजे प्रकाशित













