punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

Chaupati
safha napa

काठमाडौं, भदौ २५
कोरोना संक्रमित बढ्दो क्रममा रहेको भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित फेला परेका छन् । २४ घन्टामा ९५ हजार ५ सय २५ जना संक्रमण देखिएका छन । यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको थियो ।योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ ।

 


२५ भदौ २०७७, बिहीवार ०८:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु