कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा थप १५६६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
योसंगै नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २७७ जना पुगेको छ। हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका छन्।
२० भदौ २०७७, शनिवार १७:०५ बजे प्रकाशित































