punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अश्लिल भिडियो देखाएर एकैदिन तीन बालिकामाथि बलात्कार !

Chaupati
safha napa

लमजुङमा एकै दिन तीन बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

तीन बालिकालाई ललाईफकाई गरी जवरजस्ती करणी गरेको अभियोगमा क्व्होलासोंथर गाउँपालिका ३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङ पक्राउ परेका छन् । भदौ ६ गते दुई जना ११ वर्षीया बालिका र ९ वर्षीया एक बालिकालाई ललाईफकाई जवरजस्ती करणी गरेको भनी प्रहरीमा जाहेरी परेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

तीन बालिकालाई कोही नबस्ने खाली घरमा लगेर जवरजस्ती करणी गरेको भनी भदौ १९ गते शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी आउनासाथ गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ललाईफकाई गर्दै मोबाइलमा अश्लिल भिडीयो देखाएर जवरजस्ती करणी गरेको पीडितले बताएका छन् ।

आधा घण्टा र एक घण्टाको फरकमा तीन बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन बालिकामध्ये दुई बालिका दिदीबहिनी हुन् । आरोपित गुरुङलाई प्रहरीले बिहीबार राति पक्राउ गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


२० भदौ २०७७, शनिवार १८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु