बिहे गर्ने योजनासहित दाजु–बहिनीबीच शारीरिक सम्पर्क, आमाले गरिन् उजुरी
सोलुखुम्बुमा बिहे गर्ने योजनासहित शारीरिक सम्पर्क गरेको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ ।
हाडनाता करणी भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेपनि प्रहरीले उनीहरुलाई नियन्त्रण लिएको हो । एउटै आमाको कोखबाट जन्मिएका दाजु–बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएकी छन् ।
प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएका छन्।
अहिले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेको बताउँदै हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
१८ भदौ २०७७, बिहीवार २०:१६ बजे प्रकाशित































