punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना जित्नेलाई खुशीको खबर, नयाँ तथ्य सार्वजनिक

Chaupati
safha napa

आइसल्याण्डमा गरिएको एक अध्ययनले कोरोना मुक्त भएकाहरुका लागि खुशी खबर ल्याएको छ ।

कोरोनामुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ (भाइरसप्रतिरोधी शक्ति) ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको छ । यो नै पहिलो अध्ययन हो, जसले यति लामो समयसम्म प्रतिरक्षा प्रणालीले काम गर्ने दाबी गरेको छ ।

यो अध्ययन आइसल्यान्डस्थित बायोटेक कम्पनी जेनेटिक्सले गरेको हो । जुन अध्ययन प्रतिवेदन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशन भएको छ ।

यसअघिका सीमित अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले केही (छोटो) समय मात्र काम गर्ने र हराएर जाने निष्कर्ष निकालेका थिए ।

आइसल्यान्डमा गरिएको यस अध्ययनका साथ प्रकाशित सम्पादकीयमा लेखिएको छ–यो नतिजाले के आशा जगाएको छ भने यो घातक भाइरसविरुद्ध बन्ने प्रतिरक्षा शक्ति चाँडै हराएर जाँदैन ।’ बीबीसी


१८ भदौ २०७७, बिहीवार ०८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु