मोडालिटीमा परिवर्तन गरेर कैलालीमा निषेधाज्ञा लम्बियो
कैलालीमा जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्।
विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो। प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाइने छ।
व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने आदेश जारी गरिएको छ।
१७ भदौ २०७७, बुधवार १८:४२ बजे प्रकाशित































