आज ह्वात्तै बढ्यो सुनको मूल्य

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेकाे छ । सुनको भाउ आज तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रूपियाँमा काराेकार भएको थियाे ।  आज तेजावी सुनकाे मूल्य ९७ हजार ९ सयमा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय ६५ मा काराेबार भएकाे थियाे भने अाज चाँदीकाे मूल्य १ हजार  ३ सय ९५ रूपियाँमा काराेबार भइरहेकाे छ ।

 


१६ भदौ २०७७, मंगलवार ११:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु