सल्यानबाट गत वर्ष १७ करोड बढीको जडिबुटी निकासी

गत आर्थिक वर्ष २०७६/०७७ मा सल्यानबाट १७ करोड रुपैयाँ बढीको जडिबुटी निर्यात भएको छ। टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा,  घोडाताप्रे, पाखनवेद लगायत बहुमूल्य जडिबुटी जिल्लाबाट अन्यत्र पठाइएको हो।​

डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षभित्र राष्ट्रिय वनमा ९५ हजार किलो र निजी आवादमा २ लाख ६७ हजार ४ सय किलो टिमुर उत्पादन भएको थियो।

यस्तै, राष्ट्रिय वनबाट रिठ्ठा १ लाख ८९ हजार किलो, घोडाताप्रे १ हजार ५ सय किलो, दालचिनीको बोक्रा, ५ सय किलो र पाखनवेद ८ हजार ५ सय किलो संकलन इजाजत दिइएको थियो।

यसैगरी, चुक्राको बोक्रा १४ हजार ८ सय किलो, तेजपात, ६१ हजार ५ सय किलो, बज्रदन्ती ५ हजार किलो र गोकुलधुप ५ सय किलो संकलन इजाजत दिइएको डिभिजन वन प्रमुख रमेश गिरीले बताए।

उनका अनुसार जिल्लामा ३ लाख ६४ हजार ४ सय किलो बहुमूल्य जडिबुटी उत्पादन हुँदा १८ लाख ५१ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको थियो।

सल्यानमा गत वर्ष प्रतिकिलो सरदर ४ सय ५० रुपैयाँका दरले टिमुरको कारोबार भएको जडिबुटी व्यवसायी संघ सल्यानमा महासचिव हरी न्यौपानेले बताए।

जिल्लाबाट सबैभन्दा बढी टिमुर निकासी हुने र गत आर्थिक वर्षमा मात्रै ४ सय ५० किलोका हिसाबले मात्र पनि १६ करोड ३० लाख ८० हजार रकम भित्रिएको उनको भनाई छ।

यस्तै रिठ्ठाबाट १ करोड २२ लाख ८५ हजार र तेजपातबाट २२ लाख बराबर रकम भित्रिएको न्यौपानेले बताए। उनका अनुसार अन्य जडिबुटीले भने खासै बजार पाउन सकेको छै

 


१६ भदौ २०७७, मंगलवार १०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु