punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको महिला होल्डिङ्ग र आइसोलेसन सेन्टर सारिने

Chaupati
safha napa

धनगढी उप–महानगरपालिकाले बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटमा संचालन गरेको महिला होल्डिङ्ग र आइसोलेसन सेन्टर त्यहाँबाट सारिने भएको छ ।

धनगढी उप–महानगरपालिका कोभिड उप–समितिको सोमबार बसेको बैठकले होल्डिङ्ग र आईसोलेशन सेन्टर उप–महानगरपालिकाको स्वामित्वमा रहेको कनरी जडिबुटी प्रशोधन केन्द्रमा स्थानान्तरण गर्ने निर्णय गरेको कोभिड उप–समिति संयोजक नारायणप्रसाद बरालले बताए ।

बैठकमा बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटमा महिला होल्डिङ्ग र आईसोलेशन संचालनका लागि सहयोग गर्ने संघसंस्था, निजी क्षेत्रका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । उप–महानगरपालिकाले धनगढीको बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटका संचालक हिरा भण्डारीसंग मासिक २ लाख २० हजार भाडा, यस अवधीमा खटिने कर्मचारीहरुलाई झण्डै ९० हजार तलव दिने गरि सम्झौता भएको थियो ।

अब आफ्नै भवनमा सारिदा उप–महानगरपालिकालाई ब्ययभार पनि कम हुने कोभिड उप–समिति संयोजक बरालले बताए। उप–महानगरपालिकाले यस बिषयमा बि। पोलिटेक्नीकल ईन्ष्टिच्यूटका संचालक हिरा भण्डारीलाई पत्र पठाई सकेको बताएको छ ।

धनगढी उप–महानगरपालिकाले बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटमा महिला संक्रमितहरुका लागि छुट्टै १२ सैयाको आईसोलेशन थियो भने प्रदेश भरीबाट उपचारका लागि धनगढी आएका अप्ठेरोमा परेका गर्भवती, सुत्केरीकोलाई राख्नका लागि १० सैयाको होल्डिङ सेन्टर पनि बनाएका थियो ।

त्यसैगरी धनगढी उप–महानगरपालिकाले कोरोना संक्रमितका लागि वडा नं १५ मा ८७ सैयाको अलग्गै आइसोलेशन पनि संचालनमा छ ।


१५ भदौ २०७७, सोमवार १६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु