सार्टनैको चोलीमा’ सार्वजनिक (भिडियोसहित)
गायक तथा संगीतकार शंकर थापाको नयाँ गीत ‘सार्टनैको चोली’ को भिडियो सार्वजनिक भएको छ । यसमा उनलाई गायिका दीपा लामाले पनि साथ दिएकी छिन् ।
अम्बिका गुरुङको शब्द रहेको गीतमा थापा स्वयंमले संगीत पनि भरेका हुन् । गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ ।
भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् । गायक थापाको यसअघि सेल्फी हानौंला, क्यालेन्डर र ट्युसन पढाउँछु गीत चर्चित बनेका थिए ।
१५ भदौ २०७७, सोमवार १४:१३ बजे प्रकाशित































