डोटीमा एक साताका लागि निषेधाज्ञा जारी

डोटीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए।

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको उनले बताए ।

 


१५ भदौ २०७७, सोमवार १२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु