punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा थप ९ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

चितवनमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार १७० वटा नमुना परिक्षण गरिएकोमा चितवनको ९ जनासहित १९ जनामा कोरोना पुष्टि भएको मेडिकल कलेजले जनाएको छ । भरतपुरको वडा नम्बर ५ का एक जना, ७ का दुई जना, १० का चार जना, १६ र २६  का एक/एक जना रहेका छन् । अन्य जिल्लाका १० जनामा कोरोना पुष्टि भएको छ ।

अन्य संक्रमण पुष्टि हुनेमा पूर्वी नवलपरासी गैंडाकोट–८ का २५ वर्षीया महिला, विनयी त्रिवेणी–६ का ५५ वर्षीय पुरुष गरि २ जना, बाराको जितपुर–१७ का ५३ वर्षीय पुरुष र कलैया–३ का २५ वर्षीया महिलागरि २ जना रहेका छन् । त्यस्तै मकवानपुरको हेटौंडा–११ का ५२ वर्षीय महिला, रौतहट जिग्दवा–२ का ४५ वर्षीया महिला, दाङ लमही–५ का २२ वर्षीया महिला, सर्लाही हरिपुर–२ का ५८ वर्षीय पुरुष, धनुषा ठाडी–४ का २३ वर्षीया महिला र पर्सा वीरगञ्ज–३ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


१२ भदौ २०७७, शुक्रवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु