सुनको मूल्य आज फेरि घट्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्द प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रपितोला एक हजार तीन य ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी यवसायी महासंघले जनाएको छ ।
१२ भदौ २०७७, शुक्रवार ११:२२ बजे प्रकाशित































