punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित फेला

Chaupati
safha napa

भारतमा कोरोना भाइरस संक्रमणको अर्को रेकर्ड रहेको छ । बिहीबार एकैदिनमा करिब ७६ हजार ८ सय २६ जना संक्रमित भएका छन् ।

यो एकै दिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बुधबार ७५ हजार ७५ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो ।

पहिलो चरणको लकडाउन खोलेसँगै भारतमा संक्रमण र मृत्युदर उच्च भएको हो । पछिल्लो समय हरेक दिन ७० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् भने १ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३२ लाख ४९ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् ।

भारतमा संक्रमण मृत्युदर सबैभन्दा बढि महाराष्ट्र राज्यमा रहेको छ । जहाँ अहिलेसम्म कोरोनाबाट ७ लाख ३३ हजार ५ सय ६८ जना संक्रमित भएका छन् भने २३ हजार ४ सय ४४ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १ हजार ६५ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।

 


१२ भदौ २०७७, शुक्रवार ०७:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु