punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपचारको क्रममा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

झापाका एक जना  कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार राति ११ वजे उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिइन् ।

कमल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि मिर्गौलाका बिरामीसमेत रहेका ती पुरुष संक्रमित भएका थिए । मृतकको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको थियो । उनको मेची प्रादेशिक अस्पतालको आइसोलसेनमा उपचार भइरहेको छ ।

 


१२ भदौ २०७७, शुक्रवार ०७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु