punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा नेकपा गाउँपालिका अध्यक्षमाथि कुटपिट

Chaupati
safha napa

डडेल्धुरा : डडेल्धुरामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा गाउँपालिका अध्यक्षमाथि कुटपिट गरिएको छ ।जिल्लाको आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ।शुक्रवार दिउँसो बैठकमा सहभागी हुन गइरहेका बेला उनलाई अपहरण गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

जोशीलाई मुकुन्डो लगाएर आएको समूहले अपहरण गरी कुटपिट गरेको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले बताए। कुटपिटबाट जोशीको खुट्टा, टाउको र हातमा गम्भीर चोट लागेको छ। जोशीलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
घटना लगत्तै नेकपा डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गरेको जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।


१७ माघ २०७६, शुक्रवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु