punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा दोश्रो नगरस्तरीय राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता सुरु

Chaupati
safha napa

धनगढी :शुक्रबारदेखि धनगढीमा दोश्रो नगरस्तरीय राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएको छ।धनगढी रंगशालामा सुरु भएको दोश्रो नगरस्तरीय राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले नगरले हरेक वडामा खेलकुदका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बतादै खेलकुदका विभिन्न गतिविधीहरुबाट नै नयाँ खेलाडी जन्मिने भएका कारण उपमहानगरपालिकाले खेलकुद गतिविधिलाई बिशेष महत्व दिएको बताए ।

रनिङ्ग सिल्ड प्रतियोगितामा नगरक्षेत्रका २२ वटा विद्यालयहरुले सहभागिता रहेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक दिपक थापाले जानकारी दिए। उनले प्रतियोगिता तिन दिनसम्म संचालन हुने बताए ।


१७ माघ २०७६, शुक्रवार १२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु